"If we do not plant knowledge when young, it will give us no shade when we are old."--Lord Chesterfield.
Showing posts with label टिच फोर नेपाल. Show all posts
Showing posts with label टिच फोर नेपाल. Show all posts
Saturday, July 4, 2015
Wednesday, May 13, 2015
निराशामा आशा खोज्दै
बाहिर पानी परिरहेको थियो ।
हावा जोडले लाग्दै थियो । हुस्सुले गाउँ ढाकेको थियो ।खुट्टाहरु थकित थिए । हिजो
दिनभरि हिँडेको थिए ।भित्तामा अडेस लगाएरम झ्यालबाट यो दृश्य हेरेर आनन्द मानिरहेको
थिए । मलाई चिसो लाग्नथालिरहेको थियो । जाडो सकियो भनेर थन्काएको ज्याकेट निकाल्न
कर लाग्यो । दिमागमा निकै अनौठा प्रश्नहरु दौडिरहेका थिए । प्रश्नहरु समातेर
बुझ्ने प्रयास गर्दै थिए । बिहान पढेको Sophie’s worldले मलाई आफ्नो ससांर हेर्नेलाई
झक्झकाइरहेको थियो जस्तो लाग्दै थियो ।
Tuesday, May 12, 2015
गाडी नम्बर ६३६९ ( बैशाख १, २०७२)
हिजो टिच फर नेपालका साथीहरुसँग सिन्धुपाल्चोकमा थिएँ । पानीको छालसँग बँह्दै,
ठुलो चट्टानहरुसँग तर्कदै, डरलाई जित्दै हामी भोटेकोशी खोलामा रेफ्टिग खेल्यौँ ।
कोही पल्टिए, कोही अड्किए, कोही घाइते भए । जे जति भए पनि हामी सुरक्षित आइपुग्यौँ
।
सबै जना आफ्नो घरतिर लागे । मेरो मनले चितवन जान खोजिरहेको थियो ।
माइतीनेपालबाट कंलकीको गाडी चढेँ । चितवन जाने टिकट काउन्टरमा पुगे । नयाँ सालले
गर्दा काठमाडौँबाट चितवन जाने माइक्रो थिएन । सबै भरिभराउ भएर निस्किसकेछन् ।
बल्लतल्ल रु ४०० तिरेर भैरहवा जाने गाडीको अन्तिम सिट पाएँ ।
Friday, December 19, 2014
वाकाथोन-एक प्रतिक्षा
“तिम्रो पर्खालमै तिम्रो
बाटो छ। बाटो नभएको ठाउँमा गोरेटो छ।“ शङ्कर लामिछानेको एबस्ट्रयाक्ट चिन्तन:प्याज किताबमा लेखिएको छ।
तर मैले देखिरहेको पर्खाल लेखकले देखनु भएको थियो वा थिएन, थाहा भएन?
Subscribe to:
Posts (Atom)