करिब ७:३० बजेको थियो । म बसुन्धराबाट रत्नपार्क जाने माइक्रोमा
चढ्छु । गोगुबु पुगेपछि मलाई खलासीले अर्को माइक्रोमा चढ्न भन्छ । गाढीमा म एक्लै
थिए । उसले बसुन्धाराबाट त्यहाँसम्मको कुनै पैसा लिएन् । त्यो गाढीले १५ रूपैया
लिएर मलाई जमलमा छोडिदिन्छ ।
“भाई, कहाँ जान्न लागेको?”
“आज खगेन्द्रजीको फुलानी
किताब बिमोचन कार्यक्रममा आएको थिए । त्यतै जान्न लागेको, दाई”, म मेरो गती रोकेर
उनको जवाफको उत्तर दिन्छु ।
“ए! ए! जाऊँ – जाऊँ ।“
भित्र पस्नसाथ हरियो बगैँचा
एकदम स्यहार सुसार गरेर राखेको रहेछ । गमालमा बिभिन्न थरीका फुलहरु फुलेका छन् ।
बरिपरि बगैँचामा डोरी र तारले बारेको छ । हरियो बगैँचामा गाढा हरियोको फलामै पातो
जस्तो देखिनेमा “बगैँचामा बस्न मनाही छ” लेखिएको छ । सुन्दरता हेर्ने चिज हो, छुने
र चलाउँने चिज होइन भन्ने नियममा बाधेँका रहेछ्न । मान्छेले सुन्दर चिजलाई प्रयोग
गर्न साँच्चै नजानेकै हो त ? कि सुन्दरतालाई आफ्नो स्वार्थले कुरूप भनाउँछ भनेर
तर्सिएका हुन् । जन्म र मृत्युको नियममा, यो अर्को नियमलाई पनि स्विकार गरे ।
बिभिन्न पानीका फोका जस्ता सोचलाई फुराउँदै हिड्छु ।
यसो हर्दा कार्यक्रम गर्ने
ठाउँ कतै देखिन । बगैँचामा त पक्कै कार्यक्रम गर्दैन होला । बस्न त नमिल्ने रहेछ ।
कार्यक्रम गर्ने स्थललाई चार्दै हिड्छु । धुम्दै गर्दा गेटबाट दाहिने कुनाको
अन्तिम तिर कर्याक्रम गर्ने ठाऊँ रहेछ । एकछिन त सानो फुटबलको रङशालाको याद आयो ।
सुकेका पातहरु भुइँमा थिए । हेर्दा स्लोको सुकेको पात जस्तै देखिन्थे । निश्चित
भने भईन ।
खुला आकाशमुनी पो रहेछ
कार्यक्रम । पानी नपरोस भन्ने कामना गरे ।
म पुग्दा दुई जना केटाहरु
त्यही बसिरहका थिए । सायद कसैलाई कुरी रहेका थिए । आयोजकहरु हुन जस्तो पनि लाग्दै
थिए । म एकछिन मोबाइलमा झुमिए । पछि हर्दा त्यहाँ मानिसहरु आउँने क्रम जारी थियो ।
साउण्ड सिस्टम जडान हुँदै थियो । ब्यानर राख्दै थिए । कार्यक्रमको तयारी रफतारमा
भइरहेको थियो ।
हेरेर, कुरेर बस्न निकैँ
अल्छि लाग्छ मलाई । निस्किए बाहिर । नाम धेरै सुनेको, तर कहिले नपुगेको प्रज्ञा
प्रतिष्ठानलाई बाहिरबाट हेरेँ । यो भवन वि.स. २०१४ सालमा स्थापित भएको रहेछ ।
भवनको माथिलो भागमा मुर्ती छ भने, नेपालको राष्ट्रिय झन्डा मान्दिर जस्तोमा
राखिएको थिए । आज गणतन्त्र दिवस रहेछ । मान्छेको कुराकानी थाहा पाएँ ।
गेटको कुनाभागबाट त्यसको
फोटो खिचेँ । कार्यमक्रम भन्दा आधा घण्टा छिटो पुगेको त्यो समयलाई उपयोग गर्न बाटो
तिर फोटो खिच्न लागेँ । छिटो गएपछि, अझै त्यो ठाऊँलाई फरक दृष्टीकोणले हेर्न पाइदौ
रहेछ ।
बाटो पारी एकजना दाई
हुनुहुन्थ्यो । मलाई निकै गम्भिर भएर हेर्दै हुनुहुन्थ्यो । सश्त्र प्रहरी हुनु
हँदो रहेछ । बिस्तारै बाटो काटेर म भएको ठाउँमा आउँनु भयो ।
उनले सोधेँ, “ भाई, के
खोच्दै छौँ ? पात्रकार हो ?”
“होइन दाई । म बाटो हिडेका
मान्छेहरु, गाढी, बाईकहरु खिच्दै छु । म यहाँ एउटा कार्यक्रमा आएको हो ।“ नम्र भएर
उनलाई भने र सोधेँ, “किन, दाई?”
“मलाई तपाईले फोटो खिचेको
देखेर शंका लाग्यो । मलाई क्यामराको सबै फोटो देखाउँनु होस्”, उनले पनि आफ्ने
शैलीमा फर्काए र अराए ।
“ल, हेर्नुहोस दाई, यी
४२वटा तस्बिर मैले यहाँ आएर खिचेको हुँ ।“ क्यामराको सबै फोटो उनलाई देखाउँदै भने
।
“ठिक छ, भाई । यो एरिया वरिपरि फोटो खिच्न मनाही छ । रोकेर फोनमा कुरा गर्न मनाही छ । यो ठाउँमा अन्तराष्ट्रिय नियम चल्छ” , भन्दै थिए , मैले बिचैमा सोधेँ ,” किन दाई, यहाँ त्यस्तो के छ र”?
“यहाँ अमेरीकी राजदुत बस्ने
ठाऊँ हो । अहिलेको राजदूतको नाम त कस्तो गार्हो छ भने बोलदा त जिब्रो लडबढिन्छ ।
“हाँ , हाँ “ स्वार निकालेर
हाँसे र विदा मागेँ ।
“भाई गार्हो, अप्ठायारो
नमान्नु है, काम गरेको । “
“हुन्छ दाई” भनेर म फेरी
प्रज्ञा प्रतिण्ठान भित्र पसेँ ।
अनि फुलानीको फोटो यात्रा सुरू भयो ।
No comments:
Post a Comment
Don't forget to put down your feedback!