Wednesday, May 13, 2015

निराशामा आशा खोज्दै

बाहिर पानी परिरहेको थियो । हावा जोडले लाग्दै थियो । हुस्सुले गाउँ ढाकेको थियो ।खुट्टाहरु थकित थिए । हिजो दिनभरि हिँडेको थिए ।भित्तामा अडेस लगाएरम झ्यालबाट यो दृश्य हेरेर आनन्द मानिरहेको थिए । मलाई चिसो लाग्नथालिरहेको थियो । जाडो सकियो भनेर थन्काएको ज्याकेट निकाल्न कर लाग्यो । दिमागमा निकै अनौठा प्रश्नहरु दौडिरहेका थिए । प्रश्नहरु समातेर बुझ्ने प्रयास गर्दै थिए । बिहान पढेको Sophie’s worldले मलाई आफ्नो ससांर हेर्नेलाई झक्झकाइरहेको थियो जस्तो लाग्दै थियो ।

Tuesday, May 12, 2015

गाडी नम्बर ६३६९ ( बैशाख १, २०७२)

हिजो टिच फर नेपालका साथीहरुसँग सिन्धुपाल्चोकमा थिएँ । पानीको छालसँग बँह्दै, ठुलो चट्टानहरुसँग तर्कदै, डरलाई जित्दै हामी भोटेकोशी खोलामा रेफ्टिग खेल्यौँ । कोही पल्टिए, कोही अड्किए, कोही घाइते भए । जे जति भए पनि हामी सुरक्षित आइपुग्यौँ ।

सबै जना आफ्नो घरतिर लागे । मेरो मनले चितवन जान खोजिरहेको थियो । माइतीनेपालबाट कंलकीको गाडी चढेँ । चितवन जाने टिकट काउन्टरमा पुगे । नयाँ सालले गर्दा काठमाडौँबाट चितवन जाने माइक्रो थिएन । सबै भरिभराउ भएर निस्किसकेछन् । बल्लतल्ल रु ४०० तिरेर भैरहवा जाने गाडीको अन्तिम सिट पाएँ ।