सिम्ले ललितपुरमा पर्ने एउटा गाउँ हो । यो चपागाउँबाट ४८ किलोमिटर दक्षिणमा पर्छ । गाउँ पुग्नलाई गढिभञ्जयाङसम्म गाढी जान्छ । त्यसपछि ४५ मिनेट पैदल यात्रा हिड्नु पर्छ । सिम्ले समुन्द्र स्तहबाट १३४८ मिटर माथि पर्छ ।
सिम्ले सत प्रतिशत तमाङ समुदायले भरिएको छ । यहाँ ६० परिवारले आफ्नो जिवन चलाइरहेका छन् ।
( भुकम्पपछि हामी झन बाधिएका छौ । हाम्रो डर र आशा एउटै छ । कक्षामा हामी हाम्रा भावनाहरु साट्छौ । )
स्कुल सुरु भए पछि मेरो अस्थायी टहरा बसेर लेखिएको "डराउँछु म..." कविता ।
डराउँछु म...
‘आयो’ शब्दले
डराउँछु साथी
मर्छु कि जस्तो
लाग्छ साथी
आफैँ भित्र हराउँछु
म
हराएर डराउँछु म
यता उती छटपटाउँछु म
सुरक्षित ठाउँ खोज्छु
म
होइन? जिवन
के नै रहेछ ?
जन्म र मृत्यु बिचको
समय त रहेछ साथी ।
हाँसी, खुसी बोल है
माया र सहयोग बाड्नु
है
जिवन भन्ने यात्रा
रहेछ
खोला जस्तै बग है
साथी
खोला जस्तै बग है
साथी ।
(सिम्लेमा पहिले नै पानीको आभाव छ । भुकम्पले गर्दा भएको श्रोत पनि सुकेको छ । पानी आएको बेला पनि हरेक भाईबहिनीहरुले आफ्नो घरलाई पानी बोकेर नै ल्याउँनु पर्छ । २० लिटर पानी लिन् २०-२५ मिनेट हिड्नै पर्छ । र २० लिटर भएको जर्किन भर्न २० मिनेट भन्दा बढी लाग्छ । )
हिड्छु र लेख्छु ।
( गढिभञ्जयाङबाट सिम्ले चढ्ने क्रममा बिचमा पर्ने मिर्गुले डाँडा र यात्राका अनुभुतीहरु ।)
हिड्छु र लेख्छु ।
पाइला पाइला अघि चाल्छु
तप-तप गर्दै पसिना चुहाउँछु
यता हेर्छु...
उता हेर्छु...
माथी हेर्छु...
तल्ला हेर्छु...
पल्लो पहाड बुद्ध जस्तो
चट्टान चुनौती जस्तो
उकाली दुःख जस्तो
औराली सुःख जस्तो
पाइला पाइला अघि सार्छु
जति लडे पनि अगाडि बढ्छु।।
हेर्दा बादल आशा जस्तो
महसुस गर्दा हावा मोक्ष जस्तो
यो मौसमको परिवर्तन कस्तो
सुकेको पात सार्है सस्तो
आकाशलाई पानी माग्छु
जमिनलाई मुहान फुटाउ भन्छु
चराको आवाज सुन्छु
जुनको प्रकाश सम्झन्छु
औलटाइ पल्टाइ पाइप हेर्छु
केवल शुन्यता पाउँछु
सिम्लेमा पानी आउँने आशामा
आहिलेलाई बिदा माग्छु ।।
( माथिका शब्दहरुमा भित्री इच्छा प्रकट भएछ कि कसो? सिम्लेमा भोली पल्ट नै पानी पर्यो । सायद साध्नाको शक्ति यही हो वा Law of attraction ?)
(यात्री हुँ त्यसैले कविताहरु हिड्दै लेख्छु । )
हरु-मा
ताती लगाएका कमिलाहरुमा
उदाउँदै छन् धैर्यहरु
चैतिएका ती पानामा
खेल्दैछन् शब्दहरु।।
हावाले चिसाएको सिम्लेमा
पन्छाइ हिड्दैछु ती लामा पातहरु
चर्किएका ती सपनामा
खोज्दै छु आशाहरु
माथी निलो आकाशमा
हेर्दे छु बादलका ढिक्काहरु
थकित यी खुट्टाहरु
बटुल्दै छु जाँगरहरु ।।
सिम्लेका यी बाटामा
फुट्छन् आफैँ कविताहरु
नचलेका यी औठहरुमानिस्किन्छन् आफैँ आवाजहरु ।।
( सानो सहयोगले ठुलो खुसी । )
( यिनीहरुको हाँसो बगैँचाको फुल जस्तो ।)
( वर्षा लागी सक्यो । भुकम्पपछि गाउँ घरहरु पानी परेको बेला जोखिममा छन् । कतिले पानी नपरदियोस, भनेर कामना पनि गरिरहेका होलान् । तर सिम्लेको कथा छुटे छ । अहिले मुहानबाट पानी नआएको हप्तौ भइ सक्यो । पानी परे पछि भाडामा केराको पात राखेर हरेक घरले खाने पानी संकल्न गर्छन् । पानी परेन भने गाउँ घरमा पानीको हाहाकार हुन्छ । )
( तस्बिरमा बर्जा दाई हुनुहुन्छ । म वहाँको घरमा बस्छु । बैशाख १२ गते भुइँचालो जाँदा हामी सँगै थियौ । भोलीपल्ट म आफ्नो सबै सामान त्यही लथालिग आवस्थामा छोडेर आएँ । १ महिना पछि जाँदा म भावुक भएँ ।मेरो सामनहरु एउटा तिर्पालको आस्थायी टहरामा सुक्षित राख्दिनु भएको रहेछ । मैले भन्दा राम्रोसँग ख्याल गरेर राख्दिनु भएको देखेर आँखा रसाए । पैसा ठुलो होइन रहेछ, मन रहेछ ।)
( सिम्लेमा बसिरहेको टहरा।)
( दिपको शक्ति त अँध्यारो रातमा थाहा हुन्छ भनेझै दुःखको बेलामा नै आफु भित्रको उज्यालो थाहा हुँदो रहेछ । जति सकिन्छ आफ्नो कर्मले दिप बाल्दै जाने हो । उज्यालो बाढ्दै जाने हो । खुसी बाढ्दै जाने हो । दुःख साट्दै जाने हो । यही अन्धकार र प्रकाश बिचको रुकामारीले त जिवनमा सौन्दर्य थपेको छ । सिम्लेका हरेक मानिसको हाँसो, उनीहरुले गर्ने परिश्रम, भाई- बहिनीहरुको मायाले मेरो सम्भावनाका शिखाहरुमा तेज थपिदिएको छ । म भोग्दै छु । सिक्दै छु । यहाँको सत्य, शक्ति र सौन्दर्यहरुलाई चिन्दै छु । हो, म बाँच्दै छु । )
No comments:
Post a Comment
Don't forget to put down your feedback!