बाहिर पानी परिरहेको थियो ।
हावा जोडले लाग्दै थियो । हुस्सुले गाउँ ढाकेको थियो ।खुट्टाहरु थकित थिए । हिजो
दिनभरि हिँडेको थिए ।भित्तामा अडेस लगाएरम झ्यालबाट यो दृश्य हेरेर आनन्द मानिरहेको
थिए । मलाई चिसो लाग्नथालिरहेको थियो । जाडो सकियो भनेर थन्काएको ज्याकेट निकाल्न
कर लाग्यो । दिमागमा निकै अनौठा प्रश्नहरु दौडिरहेका थिए । प्रश्नहरु समातेर
बुझ्ने प्रयास गर्दै थिए । बिहान पढेको Sophie’s worldले मलाई आफ्नो ससांर हेर्नेलाई
झक्झकाइरहेको थियो जस्तो लाग्दै थियो ।
मौसम परिवर्तन भएको देखेर
मलाई अनौठो लागिरहेको थियो । बैशाखमा यस्तो पानी मैले बुझ्न सकिनँ । हावा जोडले
लाग्दै थियो । हावाले घर हलाइरहेको जस्तो लाग्यो । ज्याकेट लगाएर बाहिरनिस्के ।
बाहिर गोठको भित्ताहरु नाचिरहेका थिए । भुकम्प आयो भन्दै बज्रबहादुर दाइ गोठबाट
निस्किनु भयो । हावाले होइन भुकम्पले पो अगि घर हल्लाइरहेको रहेछ भनेर ज्ञात भयो ।
म र दाइ अगाडीको खुल्लाठाउँमाबसेर
घरको भित्ता चर्केको हेरिरह्यौँ । जमिन अझै हलाइरहेको थियो । दाँया र बायाँ । हामी
छेउमा रहेको जमिन समातेर आफुलाई सन्तुलन गर्न खोजिरहेका थियौ । “सर मेरो छोराहरु
कपडा घुन मुहानमा गएका थिए । मरे कि बाँचे होलान् ?” भन्दै बज्र दाइ अतालिनु हुदै
थियो । हर्दा हेर्दै घरको छेउबाट धुलो उँडदै थियो । “सर भित्ता ढल्यो जस्तो छ ?”
भन्दै दाई हतारिदै दौडेर हेर्न जानु भयो । म पनि वहाँको पछि पछि लागे । नभन्दै
घरको एक छेउको भित्ता ढलेको रहेछ । “कहिले बनाउने सर अब यो?” वहाँको अर्को प्रश्न
। मैले केहि भन्न सकिन्न ।
जमिन हल्लिरहेको नै थियो ।
गाउँका मानिसहरु कराइरहेका थिए । पल्लो डाँडाबाट पहिरो खस्दै थियो । ठुलो ठुलो
चट्टाहरु खोलामा खसिरहेका थिए । चट्टानहरु ठोकिएर निस्केको आवाज सुन्न सकिन्थ्यो ।
तल्लो पाखा तिर मानिसहरु रोएको आवाज आइरहेको थियो । मेरो छिमेकी घरका काका बाहिर
हतारिदै हुनुहुन्थ्यो ।
एकछिन पछि भुकम्प रोकियो ।
घरबाट आमाले फोन गर्नु भयो । आफ्नो ख्याल राख र सुरक्षित भएर बस् भन्नुभयो । अजय र
अनमिराज पनि फर्के । छोराहरु बाचेको देख्दा बज्र दाई खुसी हुनुभयो । उनीहरुले
आफ्नो अनुभव सुनाउँन थाले । मलाई भने मेरो साथीनवाङ र सुमीतको चिन्ता लाग्न
थालेकोथियो । फोन लागिरहेको थिएन । म त्यहाँबाट निस्किने सोचे । उनीहरु म बसेको
ठाउँबाट १० मिनेटको पैदल यात्राको दुरीमा बस्थे ।
बाटो माथि थुप्देन सर १
वर्षको छोरो काखमा लिएर आफ्नो घरको आगाडी थच्क्क बस्नुभएको थियो । “सर मेरो सपना
भत्कियो” भन्दै सरले मलाई घरको भित्ता देखाउँदै हुनुहुन्थयो । मलाई चसक्क दुख्यो ।
मैले सान्त्वना दिन केही भन्न सकिन । म आगाडी लागेँ । थुप्देन सरको आमालाई बिचमा
भेटे । “ सर अब हामी मर्ने भयो” काम्दै भन्नुभयो । म मौन भएर हिडिरहेँ ।
मृत्युलाई नजिकबाट निहालेर
होला नवाङ र सुमित त्रसित त थिए साथै बाँचियो है भनेर खुसी देखिन्थिए । उनी बसेको
ठाउँ पहिले चिहान डाडाँ थियो । यो ठाउँ स्कुलको पछाडि र जङलको बिचमा पर्छ । उनीहरु
बसेको घर ठुलो चट्टाना उभिएको छ । सिन्दुपालचोकको जस्तो डाँडानै भासेर प्युटार
पुग्ने डर साथीहरु म थियो । सँगैभएको भएर होला एकछिन ढुक्क भए ।
फेरी गाउँलेहरुको आवस्था
हेर्न जान मनलाग्यो । हामी सबै निस्कयौ । प्रायःको घर चर्केको रहेछ । पल्लो टोल
ध्वस्त भएको रहेछ । भर्खर मलेसियाबाट घर फर्केका यशोधराको बाबाले भन्नुभयो , “सर
भोलि पुजा राखेको थिए, सबै सकियो” घर पुरै क्षेतिग्रस्त भएको रहेछ । घरबाट निस्किन
भैउनु भएछ । बच्चाहरु रोइरहेका थिए । आँखाहरु नमिठो सपनाबाट बिउँझिएका जस्तो
देखिन्थे ।
धक्का आउँने र त्रसिने क्रम
जारीनै थियो । म सबै साथीहरुलाई फोन गर्दै थिए । नमस्तेले फोन गर्न निशुल्क सुविधा
दिएको रहेछ । सुमितले फोन गरेपछि थाहा पाए । जिग्मेलाई फोन गरे । उ बोल्न सकिरहेको
थिएन । के भयो भनेर सोधेँ । उ सुजिता मात्र भनिरहेको थियो । मलाई निकै डर
लाग्नथाल्यो । जिग्मेले “सुजिता छैन”
भन्यो । मलाई ठुलो घक्का लाग्यो । कानहरु कराउँन थाले । सुजिता माथी पुरै घर खसेको
रहेछ । भुकम्प आएको ३ घण्टा भइसक्दा पनि कसैले निकालेको छैन रहेछ । जिग्मे र
रन्जित उस्को घर बाहिर लाचार भएर उभिएका थिए । दुईजनाले मात्र निकाल्ने अवस्था थिएन
।
सिन्धुपाल्चोकमा सुजितालाई
मेरो खाँचो थियो । म ललितपुरमा जिउँदो लासझै उभिरहेको थिए । बोल्न सकिरहेको थिइन ।
आखाँहरुमा सुजिताको तस्बिर झुन्डिरहेको थियो । ऊ सँगै बिताएका पलहरु याद आइरहेको
थियो । उस्लाई पहिले मैले ,टिच फोर नेपालको अन्तर्वताको क्रममा भेटेको थिए । त्यो
बेला उनले खुट्टामा सेतो स्पोर्टस शु , जिन्सको पाइन्ट र निलो टिसट लगाइकी थिइन ।
हेर्दा निकै साहसी र आँट भएकी जस्तै देखिन थिइन । उनको त्यो चरित्र उनको उभाइ र
हेराईबाट झल्किन्थियो । पछि तालिमको क्रममा थाहा पाए कि उनी वलिबल खेलाडी पो
रहिछिन । सुजिताले यति चाँडै हार मान्न सक्दिन भने लागिरहेको थियो । उनी त्यो
ढुङाहरु पन्छाएर निस्किन छिन जस्तो लाग्दै थियो । आशा पलाइरहेको थियो । म उ मरेको
स्विकार्न सकिरहेको थिएन ।
गाँलेहरु के हेरिरहेका छन ?
किन ननिकालेका होलान ? उसलाई कति गार्हो भइसकियो । किन नबुझेका होलान ? कसैले त
स्वस्थ चोकी लगोस ? के थाहा बाचछिन कि? भन्दै म बिलाउँन गरिरहेको थिए । मलाई चरा
हुनु मन थियो । मलाई खत्रीथोक पुग्नु थियो । साथीलाई बचाउँनु थियो । तर सोचे जस्तो
कहाँ भयो र । म त्यही शक्त्तिहिन भएर उभिरहे । न चराहुन सकेँ । न त उँस्लाई बचाउँन
सकेँ ।
“बिहान मैले माकुराको घर
भत्तकाए अहिले मेरो आफ्नो घर भत्तकियो । घरमा मेरो खाँचो छ । आमा बाबा निकै आतिनु
भएको छ । म भोलि बिहान यहाँबाट निस्किन्छु ।” सुमित भन्दै थियो । एक्लै पठाउँने
स्थिति थिएन । बाटोहरु पहिरोले बन्द भइसकेका थिए । जङलको बाटोमा पहिरो र ढुङाहरु
खस्ने डर थियो । उ भर्खे त्यो गाँउमा पठाउँन आएको थियो । जङलको बाटो पनि देखेको
थिएन । हामीले भोलिपल्ट सँगै जाने निर्णय गर्यो । आसाङ , गिम्दी र इकुडोलको
साथीहरुलाई पनि सँगै लिएर जाने कुरा भयो तर कसैसँग सम्पर्क हुन सकेन ।
भोलीपल्ट हामी आफ्नो
ज्यानलाई दाउमा राखेर निस्कियौँ । बाटो चिप्लो थियो । ठुला- ठुला ढुङा झरेर बाटो
बन्द थियो । हाम्रो खुट्टाहरु काम्दै थिए । अक्सिनको साटो त्रास लिइरहेको जस्तो
लाग्दै थियो । जती जती हिड्दै थियो त्यती त्यती डरले घर्दै थियो । बाटो छेउको
डाँडाबाट माटो निरन्तर खसिरहेको थियो । डाँडानै भासिने डर थियो । माथि हेर्दौ
दोडिदै गरिरहेका थियौँ । कति ठाउँमा घर्सिदै हिड्नु पर्यो । एक ठाउँमा त चार हात
खुट्टा टकेर हिड्नु पर्यो । बाटो नै थिएन । आफ्नो लागि आफै बाटो बनाउँनु पर्ने
अवस्था थियो । हामी हिड्नको साटो दौडिरहेका थियौँ । मनले छिटो छिटो भन्दै थियो ।
बल्लतल्ल हामी ५ घण्टा हिँड्दै र दौडिदै झाँक्रीडाँडा आयौँ ।
एक छिन त नयाँ जिवन पाएको
जस्तो अनुभव भयो । भोक लागेर बिस्कुट खान लागेको थिए । त्यतिकैमा एउटा लाश
आगाडीबाट लाउँदै थिए । प्लाष्टिकले बेरेको थियो । हात खुट्टा कपडाहरू बाँधिएका थिए
। बाँसको खाट जस्तो बनाएर मान्छेहरु त्यो लासलाई बोकेर लाउँदै थिए । मानौँ कुनै
सामान लाइरहेको जस्तो । थोरै खुट्टाको भाग देख्न सकिन्थ्यो । फुस्रो छाला । खुम्चिएको
छाला । बुढो मान्छेको लाश जस्तै देखिन्थियो । घरबाट निस्किन भ्याउनु भएनछ भने ।
त्यो देखेर जिवन के पो रहेछ
लाग्यो । जन्म र मृत्युको बिचको समय त रहेछ । कसैको धेरै समय होला त कसैको थोरै,
त्यति नै फरक त रहेछ भन्नै लाग्यो । लाश लैजान लागेको गाडीमा बसेर जाने निधो भयो ।
१ बजे फेरि भुइँचालो आयो । हामी गाडीमै नै थियौ । जमिन चिरिएर फेरी जोडिएको भनेर गाडी
चलाउँने दाईले भन्नु भयो । एक जना त चलिरहेको गाडीबाट औरलिन लागेको थियो । हामीले रोक्यौ । भुइँचालो आए देखी निकै
त्रसेको छ उसको साथीहरुले भन्दै थिए । त्यो गाडी र शस्त्रको गाडीको सहायताले हामी
कुप्नणोल सम्म आउँन सफल भयो ।
काठमाडौँ मर्न आएको जस्तो लाग्न
थाल्यो । सबै जनाको हातमा ओड्ने र ओछ्याउने
। मानिसका खुट्टाहरु नङै । घरहरु नष्ट । हस्पिटलमा बिरामी जाँच्नेको आभाव । पसलहरु
बन्द । सडकरहरु सुन्सान । खुल्ला ठाउँमा तिर्पालमा बसेका मान्छेहरु । खानेकुराको
अभाव । राहतको सामान लुटपाट । त्यो दृश्यहरु देखेर, सुनेर सपना जस्तो लाग्दै थियो
। कुनै फिल्म हेरिरहेको जस्तो महसुस हुँदै थियो ।
कति हर्नु ? कति भोग्नु ?
के मात्र सोच्नु ? के नसोच्नु ? के बोल्ने हो? के नबोल्ने हो? के गर्ने हो? के
नगर्ने हो? बुझ्न गार्हो थियो । सम्हालिन गार्हो थियो । म परिस्थिमा बग्न नसकेको
हो कि परिस्तिले मलाई बगाउँन नसकेको हो, मलाई अतो पत्तो थिएन । सुजिताले
बोलाइरहेको जस्तो भइरहेको थियो । मलाई थाहा छ कि उस्को लाश जलाई सके । मलाई थाहा छ
कि ऊ मैले चाहेर आउँनेवाला छैन । म बुझेर अबुझ भइरहेको थिए । मलाई स्विकार्नु थिएन
।
पछि खत्रथोकमा राहतको सामान
पुराउँन शरी र म गएका थियो । सुजिता बसेको घरमा पनि पुग्यो । घर होइन ढुङा र काठको
थुप्रो मात्र थियो । सुजिताको एउटा खुट्टा बाहिर एउटा भित्र थियो रे । एक पाइला
मात्र आगाडी बढाएको भए उनी बाँच्ने सम्भावना थियो रे । म र शिरी उस्को लाश
निकालेको ठाउँ नजिको ढुङहरु निकाल्दै थियो । म सुजितालाई बचाएर लिएर जान्छु जस्तो
लाग्दै थियो । उसको परिवार र श्रीमानलाई खुसी बनाउँछु जस्तो लाग्दै थियो । अफिसमा
लगेर जान्छु भने थियो । तर मैले सुजितालाई भेटाउँन सकिन । उसको किताबहरु मात्र
भेटे । शैक्षिक साम्रागीहरु मात्र भेटे ।
म त्यही ठाउँमा निकै रूए ।
प्रकृतिसँगै धेरै गुनासो राखे । उसले एउटा असल साथी खोसेको छ । एउटा माया गर्ने
श्रीमती लगेको छ । सरल र सुसिल बुहारी छुटाइदिएको छ । साहसी छोरी मारेको छ ।
क्षमतावान शिक्षक गुमाएको छ ।
सधैँ हामी प्रकृतीमा नाच्यो
,खेल्यो र खायो पनि तर प्रकृतिले आज हामीलाई मृत्युको संगितमा नचाएको छ, डर र
त्रासको खेल खेलाउँदै छ , र मानिसहरुलाई काच्चै खाएको छ । पृथ्वी आज पागल भएको छ ।
र सबैलाई पागल बनाउँन खोज्दै छ । आज पृथ्वीले न त केटा भन्यो न त केटि । न बुढो
भन्यो न बालक । न घनी हेर्यो न गरिब । आज तिन वटा घर हुने पनि बाहिर सडकमा छन,
एउटा कोठा हुने पनि । पहिलेनै भत्तकेको नेपाल झन धुजाधुजा भयो ।
खै कहिले टालिन्छ यी
भित्ताहरु ? खै कहिले उठ्ने हुन ती छानाहरु
? कहिले बल्ने हुन् ती चुलाहरु ? आज घर होइन धेरै नेपालीहरु सपना टुक्राटुक्रा
भएको छ । कसले जोडिदिने हो ?
अहिले देशलाई हाम्रो खाँचो
छ । गर्ने बेला यही हो । देशले के दियो भन्दा पनि देशलाई मैले के दिए भन्ने बेला
आयो कि?
No comments:
Post a Comment
Don't forget to put down your feedback!