Tuesday, May 17, 2016

सिम्लेको सम्झना_फुटबल कथा

हामीले फुटबलमा कक्षा ८ लाई जित्यौँ” है हुरे गर्दै कक्षा ९ का सबै खुसीले हर्षीत थिए । जितको उत्सव स्कुलको कुना-कुना गुनजिरहेको थियो । सबै खुसी देखिन्थे । हौसला बढेको पाइन्थयो । धेरैले जितेको पल देखे, तर त्यसको त्यारी कमैले देखेँ ।












यो तस्बिर करिब बिहानको ७:४५ तिरको हो । एस.एल.सी. परिक्षा नजिकदैँ थियो । नवाङले ६ बजे देखि अडरेजी पढाउँथ्यो । कक्षामा सुमितले विज्ञान पढाइरहेको हुन्थ्यो । मेरो कक्षा ८ बजे हुनेगर्थो । २०-२५ मिनेट चाढैँ आएर म कक्षा ९ र केही ८का विद्यार्थीहरु फुटबल अभ्यास गरेको हेरेर बस्थे ।
एक दिन मैले सुमितलाई विदाको समयमा कक्षा ९ का सबैलाई तलिम दिरहेको देख्को थिए । 

भोलीपल्ट उनीहरु सधैँ जसो बिहान ६ बजे फुटबल सिक्न आउँथे । सुमित र नवाडले मिलेर सक्दो प्रयास दिरेहेका थिए । सुमितले हौसला,जाँगर र नवाडले सिपमा काम गरेको पाउँथे । म पर बसेर चराको दृश्टिकोणले हेरेरहेको हुन्थे ।

आच्चमको कुरा फुटबल खेल्नु थिएन । केटाहरु त पहिले पनि फुटबल खेल्ने गर्थे । आच्चमको कुरा केटीहरु पनि फुटबल सिक्न र खेल्न आउँनु थियो । जुन केटीहरु आझै पनि देखेर लजाएर भाग्ने गर्छन्, फुटबल भने पछि अति खुलेर सिक्न आउँनु सिम्लेमा बिरेलै देख्न पाइन्थ्यो । सिकेर प्रत्योगितामा भाग लिइ जितको खुसी मनाउँदा मेरो आखाँ रसाएको थियो । चुप लागेर कसैसँग नबोली हिडेँ । आशु देखाउँनु थिएन मलाई । भोलीपल्ट सबैलाई कक्षामा बधाई दिए ।

२०७१ सालमा विजयले पहिलो चोटी केटीहरुलाई आफैँ बसेर खेल्न लगाएको याद छ । त्यो बेला र अहिले खेलमा निकै सिप बढेको देख्न सकिन्छ । पहिला फुटबल देखेर डराउँथे । अहिले त्यही बल छलाएर सिपका साथ गोल हान्ने प्रयास गर्छन् ।

खेलले सोच्ने देखि सहकार्य गर्न सिकाउँदो रहेछ । हारदेखि जित सिकाउँदो रहेछ । धेरै प्रयास गर्दा पनि गोल हुन सक्दैन । त्यो बेला धेर्य भएर दौडिरह्न पनि सिकाउँदो रहेछ । विपक्षीको पोस्टमा गोल हान्न खोज्दा, बाधा र अवरोध आफैँ जस्ता मानिस हुने गर्छन् । टकराव हुन्छ । बहस हुन्छ । सबैलाई बिर्सेर आफ्नो लक्ष्यलाई पछाउँनु पर्ने रहेछ । रिसले घाइते बनाउँछ । मलम त क्षमा गर्दा मात्र पाइदो रहेछ ।

जिवनमा चाहिने मान्य र मुल्यता यो गोला आकारको फुटबलमा पो रहेछ । कसलाई के थाहा थियो त यती सानो कुरा मैले फेलोसिपमा आएर थाहा पाउँछु भनेर  


यो पोष्ट सबै फुटबल प्रेमी, सिम्लेको सबै भाई बहिनी र विशेष गरी विजय, नवाड र सुमितको प्रयासको लागी ।      

No comments:

Post a Comment

Don't forget to put down your feedback!