“तिम्रो पर्खालमै तिम्रो
बाटो छ। बाटो नभएको ठाउँमा गोरेटो छ।“ शङ्कर लामिछानेको एबस्ट्रयाक्ट चिन्तन:प्याज किताबमा लेखिएको छ।
तर मैले देखिरहेको पर्खाल लेखकले देखनु भएको थियो वा थिएन, थाहा भएन?
कस्तो छ त मैले देखेको
पर्खाल? शिक्षा प्राणालीले बनाएको -असमानताको पर्खाल! बेइमान शिक्षकहरुले निर्माण
गरेको-अन्यायको पर्खाल! दुईटा पर्खालले विद्यार्थीका मस्तिष्कमा
जन्माएको -अविस्वासको पर्खाल! आफैँदेखि र आफनो सपना देखि। गरिबले आँटेको पूरा हुदैन-
निराशवादी सोचको पर्खाल! म सक्दिन -मलाई आउँदैन- गणित भनेको हिसाब हो- समस्या हो-
डरले भयभित बनाएको पर्खाल!
म यस्तो पर्खालमा बाटो बनाउँन
खोजिरहेछु।हरेक दिन म यस्तो पर्खाललाई चिर्न खोज्छु। फुटाल्न खोज्छु। गलत साबित
गर्न खोज्छु। कहिले काहिँ पर्खाल फुटाल्दा निस्केको ईटाको टुक्राले खुट्टामा
घोच्छ। कहिले निकै पिडा हुन्छ। दुख:ले आँखा रसाउँछ। आँखाबाट बग्दै गालामा पुग्छ। पुछ्नलाई हात
माथि ल्याए पनि १-२ थोपा आँसु भुईमा खस्नलाई रोक्न सक्दिन। झन मन भरेर आउँछ। फेरि मनलाई
सम्हाल्दै अगाडि बढ्छु।
यो भौतिक पर्खाल होइन। न त
मसँग भौतिक औजार नै छन्। के छ त मसँग? ज्ञानको सानो राश। सक्छु भने विस्वास। दरो
अठोट। असफलताबाट उठ्ने शक्ति। परिर्वतनको कल्पना। युवाले गर्न सक्छन् भनेर विस्वास
गर्नेको जमात।
No comments:
Post a Comment
Don't forget to put down your feedback!