Tuesday, December 23, 2014

मितिः २०७१/८/१२


                                                                                                               मितिः २०७१//१२
                                                                                                            स्थानः शिरिको घर

आजकल के भाएको? हंसात्मक सपनाहरु मात्र देख्छु। मान्छेहरुसँग झगडामात्र हुन्छ। खुकुरी, तरवार, खोडा भएको मन्छेहरुसँग मात्र सङ्गत भएको देख्छु। अस्ति, खसि काटेदेखि निकै नकरातमक सोचहरु आइरहेको छन्। के गर्ने होला? मैले काटनु हुदैन् थियो कि? मासु खानु मन लागेको थियो, नकाटेरपनि के गर्नु? मैले काट्दिन, काटेको छैन भन्दापनि सुखः पाइन्। सबैजना मासु खानचाँहि त्यार, तर काट्न भने कोहि आगाडि न भडने?


यो उदाहरणबाट मलाई, हाम्रो देशका जन्ताहरुको याद आउँछ्। सबैजना देश राम्रो भएको हेर्न चाहन्छन् तर कमै मान्छे देश बनाउन अग्रसर हुन्छन्। सफा र स्वच्छ देश सबैलाई चाहिएको छ तर हामी आफुले खाऐको चाऊःचाऊ, बिस्कुट,चोकलेटको खोल बाटोमा फाल्दै हिढ्छौ। म पनी यहि भिड्को एक दोषी हुन्सकुला। अरूको छोरा छोरीले देशमा सकरात्मक विद्रोह गरेको हाम्रो अभिभावक प्रशंन्सा गर्छन, तर आफ्नो सन्तानलाई घरमा बसोस् भने चाहान्छन्। सोचको क्रन्ति आवस्याक छ। गन्तव्य जति सुन्दर र उत्ताम सोचिन्छ प्रत्रिया आफुमा चुनौतीपर्ण र जटिल देखन्छि।

काट्नुभन्दा आगाडि मैले त्यसलाई एउटा खाने परिकारको रुपमा लिऐको रहेछु, त्यो त म जस्तै एउटा जिव थियो। मँकैको लोभ देखाएर म उसलाई बाच्ने आशा दिरहेको थिए भने पछाडीबाट मार्ने दाउ कुरिरहेको थिए। मैले उसलाई मँकै दिएर बाच्ने सपना नदेखाएको भए मलाई यस्तो हिन्नता बोध हुने थिएन होला? तर कसरी मेरो सोचबाट यो कुरालाई हटाउने?

मलाई यो सहरमा बस्नुनै छैन। कस्तो हल्लाको भिड हो? यो हल्ला नै हल्लाको परिधि भित्र मेरो आवाजको मुल्यनै देख्दिन् म। दिमागमा अनेकौँ प्रशनहरुमात्र आउँछन्, कसलाई सोध्ने? थाहा छैन। कसलाई सुनाउँदा ठिक हुन्छ त्यो पनी ठमाउँन सक्दिन्। को आफ्नो हो, को पराइ छुटाउँन सकिरहेको छैन। को सँग बोल्दा मनमा शान्ति हुन्छ? विभिन्न आनुउत्तरित इच्छाहरुलाई बास दिरहेको त छैन मैले? गन्तव्य नै नभएको यात्रामा हिडिरहेको त छैन, म?
 
जिन्दगी त गाँउमा नै सन्तोषजनक। त्हाँका मान्छेहरु न धेरै इच्छा राखछन्,  न त केही कुराको हत्तार नै। देश यस्तो र उस्तो भन्दै हामी जानेर वा नजानेर आफुलाई दुखी बनाइरहेका छौँ। रक्सीको झोलमा डुबेर भै पनी खुसी देखछु उनीहरुको आखाँ मा। समस्या अगाडी भएर पनी मनमा हल्चल छैन। कहिले काँही उनीहरुको मौनता देखेर आफु धेरै महत्वकान्षी भएको अनुभुति हुन्छ। सायद न्यायको लडाइमा पराजित भएर होला, आन्याय सहनु नै उचित देखेँ उनीहरुले? आशा? खोइ त?

लागछ, कतै मैले खस्सिलाई आशा देखाएर मारे जस्ते गाँउको बच्चाहरुको आशाको ज्योतिलाई निभाउने काम त गरेको छैन?

No comments:

Post a Comment

Don't forget to put down your feedback!